रुपन्देहीको सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गराउंदा कोरोना पोजेटिभ देखिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन् । ‘कोरोनाबाट म उपप्रमुख पनि अछुतो रहन सकिन, हाल म आफ्नै निवासमा आइसोलेसनमा बसेकी छु, उनले लेखेकी छन् ।’ उपप्रमुख काफ्लेले केही दिन यता सम्पर्कमा रहेका सबैलाई स्वास्थ्यप्रति सचेत रहदै कम्तीमा एक हप्ता होम क्वारेन्टाइनमा बसिदिन र ज्वरो, रुघाखोकी जस्ता लक्षण देखा परेमा स्वास्थ्य परीक्षण गराउन समेत आग्रह गरेकी छन् ।









