सुशील काेइराला साेसलिष्ट युथ सर्कल पाल्पाकाे सभापतिमा ठकुरी

प्रकाशित मिति:

सन्तोष गहतराज , पाल्पा । सुशील कोइराला सोसलिष्ट युथ सर्कलको पाल्पा जिल्ला सभापतिमा युवराज चन्द ठकुरी चयन हुनु भएको छ ।

लामो समय देखि नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पाल्पाका सदस्य समेत रहेका छन । आज सुशील कोइराला सोेसलिष्ट युथ सर्कल पाल्पाको सभापतिमा युवराज चन्द ठकुरीलाई चयन गरेको सुशील कोइराला युथ सर्कलका सभापति तारा बहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

अबका दिनमा सभापति युवराज चन्द ठकुरीले पाल्पा सबै स्थानीय तहहरूमा संगठन विस्तार गरि पाल्पामा कार्य समितिलाई पुर्णता दिने बताउन भयो ।