अस्ताए स्ट्यान ली !

प्रकाशित मिति:

काठमाडौं । अमेरिकी लेखक स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९६१ मा मार्भल कमिक्सका लागि उनले चार वटा जीवन्त पात्रको सिर्जना गरेका थिए । त्यसमा स्पाइडर–म्यान, द इनक्रेडेबल हल्क लगायत रहेका छन् ।

उनको स्थानीय समय अनुसार सोमबार बिहानै लस एन्जलसमा रहेको सिडर–साइनाई मेडिकल सेन्टरमा निधन भएको पारिवारिक वकिललाई उधृत गर्दै बीबीसीले जनाएको छ । लीलाई धेरैले पप कल्चरका फादरका रुपमा लिने गर्छन्, जसले धेरै पात्रहरु जन्माए । गएको वर्ष उनकी श्रीमती जोनको ९५ वर्षकै उमेरमा निधन भएको थियो । उनीहरु ६९ वर्ष वैवाहिक सम्बन्धमा रहे ।सन् १९३९ देखि काम थालेका ली हरेक मार्भेल फिल्मसमा आबद्ध थिए । तर उनले मार्भेल कम्पनी सन् १९७२ मा छोडे आइतबार भेट्रान्स डे को दिनमा उनको फेसबुक पेजमा ली आर्मीमा रहेका बेलाको तस्बिर पोस्ट गरिएको थियो । रोमानियाबाट अमेरिका बसाई सरेका यहुदी परिवारमा लीको सन् १९२२ मा जन्म भएको हो ।