टिम नेपो बुटवलको महिनावारी जनचेतना तथा प्याड वितरण अभियानको पहिलो कार्यक्रम सम्पन्न
मधुसूदन नेपाल,बुटवल – “स्वस्थ महिनावारी ,हामी सबैको जिम्मेवारी” मुल नारा लिइ टिम नेपो बुटवलले महिनावारी जनचेतना तथा प्याड वितरण अभियान सुरु गरेको छ। उक्त अभियानलाई सुरु गरि आज टिम नेपो बुटवलले पालिन्दन गाउँपालिका वडा-३ कुस्मा नवलपरासी गहि अभियानको पहिलो कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा सभापतिको रुपमा टिम नेपो बुटवलको अध्यक्ष सुमन पोखरेर प्रमुख अतिथिको रुपमा पालिन्द गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विशिष्ट अतिथिमा वडा-३ का अध्यक्ष गोधन प्रसाद हरिजन र टिम नेपोका प्रदेश संयोजक अशोक गौतम साथै अतिथिको रुपमा वडा सदस्य जरावती लौनिया, कुस्मा स्वास्थ चौकी प्रमुख राजेन्द्र भण्डारी र नेपो देवदहका अध्यक्ष हस्मुल्लाह खान साथै टिम नेपो बुटवलको सदस्य श्रीजना ज्ञवाली, अमित भण्डारी र सुजल श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

सोही कार्यक्रमको बोल्दै टिम नेपो बुटवलको सम्पदक एलिसा बेल्वासेले कार्यक्रममा उपस्तिथि सम्पूर्णलाई स्वागत गर्दै महिनावारी हुदा गर्नुपर्ने कार्य साथै प्याडलाई प्रयोग गर्न तरिका सिकाइ कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । मन्तव्यकै क्रममा कुस्मा स्वास्थ चौकी प्रमुख ,वडा अध्यक्ष र टिम नेपो प्रदेश संयोजक अशोक गौतमले आफ्नो तर्क बोल्दै मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा बोल्दै कार्यक्रमको सभापति साथै टिम नेपो बुटवलका अध्यक्ष सुमन पोख्रेलले “यो अभियान यस ठाउँमा मात्रै नभै अबको दिनमा लुम्बिनी प्रदेशको विभिन्न जिल्लामा गहि सबै महिलाहरुमा महिनावारी बारे जनचेतनामूलक बनाउने र प्याडको प्रयोग गर्न सिकाउने भन्दै स्वास्थ महिनावारी हुदा महिलाको मात्रै भुमिका नभएर हामी सबैको जिम्मेवारी हो ” भन्दै कार्यक्रमको समापन गर्नु भएको थियो। कार्यक्रमको संचालन टिम नेपो बुटवलका सचिव मधुसूदन नेपालले गर्नु भएको थियो।









