रुपन्देही, बाँके र दाङमा महानगर बनाइने !

प्रकाशित मिति:

कात्तिक २८ बुटवल । प्रदेश सरकारले प्रमुख आर्थिक केन्द्रका रूपमा तीन स्थानलाई विकास गर्ने गरी महानगरको अवधारणा अघि सारेको छ । चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा सरकारले रुपन्देही, बाँके र दाङमा एक/एकवटा महानगर बनाउने घोषणा गरेको थियो ।

सरकारले भैरहवा–बुटवल, नेपालगञ्ज–कोहलपुर र घोराही–तुलसीपुर क्षेत्रमा एकीकृत सहरी विकास कार्यक्रम कार्यान्वयन गर्ने भएको छ ।

महानगरको प्रारूप कस्तो हुने भन्ने विषयमा सरकारले अध्ययन गर्ने तयारी गरेको छ । विकास प्राधिकरणमार्फत महानगर बनाउन कानुनी आधार चाहिने भएकाले ऐन बनाउने प्रक्रिया अगाडि बढाइएको सरकारका प्रवक्ता बैजनाथ चौधरीको भनाइ छ ।

मन्त्री चौधरीले तीनवटा मेगासिटीका रूपमा विकास गरी महानगर बनाउने बताए । उनले भोलिको महानगर कस्तो रहने भनेर अध्ययन गर्ने तयारी भएको बताए । सहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत योजना बनाएर काम अगाडि बढाउने उनको भनाइ छ ।

महानगर बनाउँदा तीनवटै तहका सरकारबीच द्धन्द्ध नहुने गरी काम गरिने बताए ।

नयाँ पत्रिका