बिक्रम खड्का \ बुटवल-पांच वर्षैदेखि जिवनको भिख स्वरुप टोल चौतारीमा सहयोगको याचना गर्दै हिडेका लाल वहादुर विकको मुहारमा खुशी छाएको छ । आजभन्दा ५ वर्षअघि दुवै मृगौला फेल भएपछि जिवन मरणको दोसाधमा रहेका उनले आफ्नो उपचारका लागि सहयोग गर्ने दाता भेटाएपछि केहि खुशी देखिन्छ । भर्खरै २९ वर्ष पुगेका लाल वहादुर गुल्मी जिल्लाको चन्द्रकोट गाउपालिका वडा न ७ का स्थायी वासिन्दा ह्नु । निकै विपन्न परिवारका लाल वहादुरलाई लाई २४ वर्षमै आफ्नै शरिरले धाका दियो । परिवारको पालनपोषणको मुख्य जिम्मेवारी भएका उनले यहि अवधीमा कतारको खाडि देखि भारतमा पनि रोजगारीका लागि पसिना बगाए ।
तर दुवै स्थानमा उनलाई काम गर्न आफ्नो शरिरले साथ दिएन । आफ्नो परिवारलाई खुशी वाड्का लागि धनकमाउने उदेश्यले घरखेत साहुकोमा अडाना राखेर खाडि पसेका थिए । श्रीमति र भर्खरै जन्मीएको छोरी छोडेर मौलान पसेका लाल वहादुर १५ महिना नपुग्दै नेपाल फर्किए । समय अवधी भन्दा छिटो फर्कनुको कारण उनी विरामी थिए । नेपालमा आएर धेरै अस्पतालहरुमा धाए तर रोगको सहि पहिचान भएन । विरामी भएर विदेशवाट घर आएपनि उनि घरमा बस्ने अवस्था रहेन । घरको दैनिक गर्जो टर्नै समस्या भएपछि विरामी अवस्थामै पनि उनि फेरि भारतमा पसेको सुनाए । फिल्मी कहानी जस्तै लाग्ने लाल वहादुरको जिवनको पिडा आर्थिक अवस्थाले अझै वढि घोचिरहेको छ । प्रतिकुल स्वास्थ्य अवस्थामा पनि परिवारका लागि मेहनत गर्न कस्सीएका लाल वहादुरले भारतमा पनि तीन महिना भन्दा वढि विताउन सकेनन् । उपचारका लागि पैसा नभएको र काम गर्न सक्ने अवस्था नभएपछि उनि फेरि घरमै फर्किए । त्यसपछि भने उनको रोगको पहिचान भयो । जव डाक्टरहरुले उनका दुवै मृगौला काम नगर्ने अवस्थामा पुगेको जानकारी दिए ,त्यसपछि उनको वाच्ने आशा मर्यो ।रोगले भन्दा पनि भोगले मर्ने अवस्थामा रहेको उनको परिवारमा लाखौं खर्च गर्ने र फेरि जिवन जिउन सकिने कल्पना गर्न सकेन ।
तर पनि आफन्त र साथीभाईहरुले सहयोग जुटाउन सके उपचार गरेर ठिक हुन सकेन आशा जगाए पनि लाल वहादुर र उनकी जिवन संगिनी सहयोगी हात फैलाउदै दाता खोज्न चोक चौतारामा पुगे । स्थानिय पालिकाहरुमा सहयोगका लागि पत्र बनाउने देखि देश विदेशका शुभचिन्तकहरुलाई हारगुहार उनिहरुले वर्षै विताए । यो विचमा धेरै खालका पिडा र कष्ट सहेका लाल वहादुरले बुटवलका सुरज पाण्डेलाई भेटेपछि वाच्ने आशा पलाएको अनुभव गरेका छन् । आफ्नै ५२ वर्षिय आमाले छोराको दिर्घजिवनका लागि एउटा किड्नी दिने भएकी छिन् भने सहयोगीदाता पाण्डेले उपचारका लागि लाग्ने ६ लाख रुपैया सम्म खर्च दिने भएका छन् । राज्यले दुखी गरिवको उपचार गरिदिने सुनेपनि कहि कतै सहयोग नपाएको वेला एक जनाले एक्लै ६ लाख सम्मको सहयोगको वचनले निकै राहतको अनुभव भएको लाल वहादुरकी श्रीमती सुनिता विकले बताईन् । यो विचमा पनि केहि सहयोग रकमहरु आएको सुनाउदै उनले नेपाल र भारतका विभिन्न अस्पतालमा लगेर उपचार गर्दा सबै सकिएले किड्ने फेर्न समस्या परेको बताईन् । सहयोगदाता पाण्डेले पनि घरमा दाल चामल समेत नभएको भन्ने सुनेर लाल वहादुरको घरमा पुगेको बताए । उनले भने –‘ घर खर्च चलाउन का लागि भनेर २५ हजार लिएर गएको थिएं उनिहरुको वेदना सुनेपछि किड्ने ट्रान्सपलान्ट गर्ने ५÷६ लाख खर्च दिन्छु भनेको छु । ’बुटवलमा मोटरपाट्र्स लगायत विभिन्न व्यापर गर्ने पाण्डे सफल व्यापारिका रुपमा परिचित छन् । उनले आफ्नो सहयोगले कसैको जिवन वाच्छ भने यस्तो सहयोग गर्न पछि नपर्ने पनि बताउछन् ।
कसरी भेटिए सुरज-बुटवलको वहुमुखी क्याम्पसका एकजना विद्यार्थी नेता प्रदिप घर्र्तिले आफ्नो जन्म दिनमा दुखी गरिवलाई सहयोग गर्ने भन्दै आजभन्दा झण्डै ४ महिना अघि तिनै लाल वहादुरको डेरामा पुगे । उक्त कार्यक्रममा अतिथिका रुपमा पुगेको नेपाल विद्यार्थी संघका पुर्व उपसभापती प्रकाश रानाले उनको घरको अवस्था देखेपछि एक वर्षको घर भाडा तिरिदिने बताए । त्यस्तै अर्का अतिथि नेपाली कांग्रेस रुपन्देहीका नेता विष्णु पोख्रेलले उपचारको सम्पुर्ण आर्थिक सहयोगको प्रवन्ध गरिदिने घोषणा गरे । उनको कुरा सुनेका लाल वहादुरले त्यति विश्वास भने गरेका थिएनन् ।किन भने यस अघि पनि कैयौंले यस्तो सहयोगको आश्वसन दिएर गएका फर्किएका थिएनन् । तर जव मंसिरको तेस्रो हप्ता तिनै पोख्रैल सहयोग दाता वोकेर उनको घरमा पुगे तव लाल वहादुरलाई केहि आशा जाग्यो । तत्काल २५ हजार हातमा राखिदिएर उपचारका लागि लाग्ने खर्चको प्रवन्ध आफुले गर्ने र तत्काल उपचारका लागि अघि वढ्न भनेपछि भने लाल वहादुरको अनुशारमा खुशी छायो । त्यसपछि भने उनको परिवार किड्ने परिर्वतन गर्नका लागि काडमाडौं जाने तयारीमा लागेका छन् । देशका प्रधानमन्त्रीले दुई दुई पटक किड्ने फेरेर वाचेको सुनुका लाल वहादुर आर्थिक सहयोग दाताको जुवाडसंगै नयां जिवनको आशामा राजधानीको यात्रामा अघि बढेका छन् । हरेक नागरिकहरुको उपचारको हक देशको संविधानर्म सुनिश्चित छ तर आफ्नो आर्थिक अवस्था कमजोर भएका लाल वहादुर जस्तालाई भने त्यहि संधिानको ठेलीले गिज्जाईरहेको भान हुने गरेको छ । (ईकागजका लागि लाल वहादुरसंग कुराकानीमा अाधारित )












