तिर्थराज ज्ञवाली/दाङ – राप्ती गाउँपालीका कृषि विकास शाखाको आ.व. २०७७।७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार राप्ती गाउँपालिकाका बिभिन्न। वडाका किसानलाई ७५ प्रतिशत अनुदानमा कन्ये च्याउको विउ वितरण गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले किसानहरुलाई विउ हस्तान्तरण गर्नु भएको थियो । विउको माग गरेका १७ जना किसानहरुलाई ४०० ग्रामको १७६३ प्याकेट विउ वितरण गरेको कृषि विकास अधिकृत महेश अधिकारीले जानकारी दिनु भयो ।
राप्ती गाउँपालिका कृषि शाखाले च्याउ खेतिका लागि कृषक आब्हान गरि छनौटमा पर्नुभएका कृषकहरुलाई कन्य च्याउको विउ वितरण गरिएको हो । विउ वितरण गर्दै राप्ती गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले प्राप्त च्याउको बिउबाट उल्लेख्य फाईदा लिन कृषकहरुलाई शुभकामना समेत प्रदान गर्नु भएको छ









