अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहब्यापी कार्यक्रम गरि मनाइयो

प्रकाशित मिति:

रामु भुषाल, परासी

शुक्रबार अन्तर्राष्ट्रिय आप्रवासन दिवस । नवलपरासी सहित नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । यसैबीच, आप्रवासी परिवार हकहित मञ्च नवललपरासीको आयोजना र ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट ९ पञ्चनगर द्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामिको सयुक्त आयोजनामा अन्तर्राष्ट्रिय आप्रवासन कादार दिवस २०२० विविध कार्यक्रमका बीच शुक्रबार सम्पन्न भएको छ । मञ्चको आयोजनामा सिदवसको अवसर पारि सप्ताह ब्यापी कार्यक्रम अन्र्तगत जिल्लाको सात वटै पालिकाहरुमा सचेतनामुलक र्याली गर्नुका साथै दिवसको पुर्व संध्यामा सात वटै पालिकामा एकै साथ आप्रवासनमा मृत्यु भएका कामदारको सम्झना दिप प्रज्वलन गरिएको हो । शुक्रबार सुनवल ३ किर्तिपुरमा बृहत रक्तदानका साथै बैदेशिक रोजगारीबाट प्रभावित ब्यीक्त तथा बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक वितरण गरि सम्पन्न गरिएको छ । रक्तदान कार्यक्रमको अध्यक्षता आप्रवासी परिवार हकहित मञ्चका अध्यक्ष बल बहादुर थापाको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा भरतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १६ प्वाइन्ट रगत संकलन भएको हो ।

सो अवसरमा नेपाल ब्यटिसियन संघ नवलपरासी जिल्ला अध्यक्ष मञ्जु खत्री, सामी परियोजनाका कार्यक्रम समयोजक ज्ञानेश्वर भण्डारी लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम अन्र्तगत शुक्रबार नै जिल्लाका सात वटै स्थानिय तहमा पुगी प्रभािवत ब्यक्ति तथा बालबालिकाहरुलाई न्यानो कपडा तथा शैक्षिक समाग्री वितरण गरिएको मञ्चका जिल्ला सचिव रामु भुषालले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्षको डिसेम्बर १८ को दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउने गरेको छ । त्यसलाई समर्थन गर्दै नेपालले पनि हरेक वर्षको डिसेम्बर १८ का दिन विभिन्न कार्यक्रमहरु गरेर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउँदै आइरहेको छ । यो वर्ष भने कोभिड सङ्क्रमण जोखिमका कारण अघिल्लो वर्षमा जस्तो कार्यक्रम राखिएको छैन । कोरोना सङ्क्रमण जोखिमलाई ध्यानमा राखेर सवै सुरक्षित हुने गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउनुपर्ने परिस्थिति सिर्जना भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आप्रवासीहरुमाथि हुने विभेदलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघबाट सन् १९९० डिसेम्बर १८ का दिन आप्रवासी कामदार र तिनका पारिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित भएको थियो । यो महासन्धि सन् २००३ जुलाई १ देखि लागू गरेपछि आजकै दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउन थालिएको हो ।