रुपन्देहीको तिलोत्तमा नगरपालिका नयामिल स्थित हाइवे सडकमा ट्रकले ठक्कर दिदा स्कुटीमा सवार २ जना गम्भीर घाइते भएका छन्। भैरहवाबाट बुटवल जादै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले लु २० प ३७५२ नम्बरको स्कुटीलाइ ठक्कर दिदा तिलोत्तमा(११ निवासी रनबहादुर खड्का र उनकी धर्मपत्नी सावित्रा खड्का गम्भीर घाइते भएका छन्। तिब्र गतिमा आइरहेको ट्रकको ठक्करबाट बाटो क्रस गर्ने क्रममा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका दम्पत्तिलाई क्रिम्सन अस्पतालमा उपचार भैरहेको अस्पतालबाट इलाका प्रहरी कार्यालय मंगलापुरका हरिहर उपाध्यायले बताए। अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। ट्रक चालक र ट्रक भने अहिले मंगलापुर नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ। दुर्घटना के कसरि भयो भन्ने बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।
कमेन्ट गर्नुहोस्