प्रकाश न्यौपाने
पौष २५ गते
बर्दघाट । नेपाल रेडक्रस सोसाइटी उपशाखा पञ्चनगरले शनिबार आफ्नो १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा बोल्दै रेडक्रस सोसाइटी नवलपरासीका जिल्ला सभापति एव कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र अग्रहरीले पन्चनगर उपशाखाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि गरिव दिन दुखका क्षेत्रमा निस्वार्थ भावनाले काम गर्नु पर्नेमा जोड दिनु भयो । पन्चनगर उपशाखाका निवार्तमान सभापति एव कार्यक्रमका बिशिष्ट अतिथि बिनोद खनालले रेडक्रसले अति बिपन्न र जेष्ठ नागरिकहरुलाई विशेष ध्यानमा राखी कार्यक्रम गर्न सके रेडक्रसका कार्यक्रमहरु प्रभावकारी हुने बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष ताराबहादुर पाण्डे क्षेत्रीले अध्यक्षको मन्तव्य राख्दै कोभिडका समयमा पनि रेडक्रसले कार्य निरन्तर रुपमा गरेको र समाजमा सेवा गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नु भयो । साधारण सभामा सचीव प्रेम अधिकारिले गत साधारण सभा देखी सम्म गरेका कार्यक्रम हरुको जनकारि गराउनु भएको थियो । भने सस्थाका कोषाध्यक्ष बालाकृष्ण लम्सालले आर्थिक प्रतिबेदन र लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा जेष्ठ नागरिक र अति बिपन्न व्यक्ति २ जनालाई सम्मान समेत गरिएको छ । 
कार्यक्रम सस्थाका सभापति तारा बहादुर पाण्डेको सभापातित्व रहेको कार्यक्रममा कार्यसमिति सदस्य देबि अधिकारिको स्वागत मन्तव्या र सचीव प्रेम अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।









