रुपन्देहीको बुटवलको सुख्खानगरदेखि पांच दिन अघि हराएकी एक महिला काठमांडौमा फेला परेकी छन् । पुष २२ गते बिहान साढे ५ बजे घरबाट निस्किएकी ५१ बर्षीया लक्ष्मी न्यौपाने सम्पर्क बिहिन भएपछि परिवारजनले खोजी गरिरहेका थिए । न्यौपाने सोमबार सांझ काठमांडौ कालिमाटीको आश्रममा फेला परेको उनका २३ बर्षिय छोरा सुदीप न्यौपानेले बताए । आमा काठमांडौ कालिमाटीको आश्रममा भेटिएको भन्दै उनले आमा बोल्न नसकेको बताए । छोराका अनुसार लक्ष्मीलाई मुटुरोगको समस्या थियो । बुटवलको हाटबजारमा ढाका व्यावसाय संचालन गर्दै आएकी उनी घरैबाट निस्किएर काठमांडौ पुगेकी थिइन् । उनी अहिले छोरीको घरमा बसेकी छन् ।









