ओपन क्यास प्राइज एण्ड स्कुल लेभल टेबल टेनिस प्रतियोगिताको फाइनल प्रतिष्पर्धा भोलि
रुपन्देहीको बुटवल टेबल टेनिस एकेडेमीको आयोजनामा बुटवलमा जारी ओपन क्यास प्राइज एण्ड स्कुल लेभल टेबल टेनिस प्रतियोगितामा शुक्रवार ब्वाईज सिंगल र वुमेन्स ओपन प्रतियोगिता सम्पन्न भएका छन् । खेलमा अन्डर १४ ब्वाईज सिंगलमा न्यु होराइजन बुटवलका अरमान श्रेष्ठ र प्रिन्स थापा फाइनलमा प्रवेश गरेका छन् । त्यस्तै, अन्डर १८ ब्वाईज सिंगलमा न्यु होराइजनका प्रवेश बस्नेत र अक्सफोर्ड मावीका जतिन कसौधनले फाइनल प्रतिष्पर्धाको लागि बाटो तय गरेका हुन् ।
त्यस्तै, वुमेन्स ओपनतर्र्फ अमृता थापा, सुकृति श्रेष्ठ, गिता अर्याल र प्रकृति राना सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिवार खुला पुरुष तर्फको प्रतियोगिता र फाइनल खेल हुने कार्यक्रम संयोजक प्रज्वल श्रेष्ठले बताए । देविनगर स्थित एकेडेमीकै कभर्ड हलमा जारी प्रतियोगितामा १ सय ५० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा ओपन तर्फ प्रथम हुनेले नगद १० हजार, द्धितियले ५ हजार तथा तृतियले २५ सय प्राप्त गर्नेछन् । त्यसैगरी वुमेन्स ओपन तर्फ प्रथमले ५ हजार, द्धितियले २५ सय र तृतियले १५ सय प्राप्त गर्नेछन् । यसैगरी अन्डर ब्वाईज सिंगल प्रतियोगितामा प्रथम हुनेले नगद ३ हजार प्राप्त गर्नेछ भने द्धितिय र तृतियले क्रमश नगद २ हजार र १ हजार प्राप्त गर्नेछन् । त्यस्तै अन्डर १८ व्वाईज सिंगमा प्रथम हुनेले ४ हजार, द्धितिय हुनेले २ हजार र तृतिय हुनेले १ हजार प्राप्त गर्नेछन् ।प्रतियोगितालाई डिएचइस र लिनिड.ले मुख्य प्रायोजन गरेका छन् ।










