८ औ भुपु सैनिक दिवस सोमबार बर्दघाट मा सम्पन्न

प्रकाशित मिति:

रामु भुसाल, भुपु सैनिक कल्याणकारी संस्था बर्दघाट नगरपालिकाकोे आयोजनामा ८ औ भुपु सैनिक स्थापना दिवस सोमबार बर्दघाट ४ को बौद्ध गुम्बाको सभा हलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष क्यापटेन नर बहादुर थापाको अध्यक्षता एवं संस्था का सल्लाहकार निर बहादुर आलेको प्रमुख आतिथ्यतामा कर्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमा संस्थाका सल्लाहकार चन्द्र बहादुर थापा , रुपलाल श्रेष्ठ बिस्नु कुमार थापा, संयुक्त भुु सहकारी संस्थाका अध्यक्ष राम बहादुर थपा संस्थाका सदस्य खिम बहादुर बुढाथोकी , डिल्लीराम ढकाल लगायतले मनतव्य राख्नु भएको कार्यक्रमा विविध सांस्कृतिक मनोरञ्जन सहित संस्थामा आवद्ध ८० बर्ष उमेर माथीका ३ जना ज्येष्ठ सदस्यलाई समेत सम्मान गरिएको थियो । संस्थाका सदस्य मोहन बहादुर गुरुङ को स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव ढाल बहादुर श्रेष्ठले गर्नु भएको थियो ।