हापुरे, ५ फागुन । स्थानीयस्तरमा हुने बिपदलाई न्यूनीकरण गर्नका लागि सहयोगी सामग्री हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले सहयोगी सामग्री हस्तान्तरण गरिएको हो ।
बबई गाउँपालिकाभित्र हुने बिपदलाई न्यूनीकरण गर्नका लागि सामग्री हस्तान्तरण गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख विश्वराज अर्यालले जानकारी दिनुभएको छ । रेडक्रसले आकस्मिक शौचालय, सौर्य लाइट, पानी ट्यांकी, पिपिई र स्प्रे ट्यांकी हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा बबई गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खिमलाल वली, वडा अध्यक्ष नन्दलाल वली, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्य, सहकोषाध्यक्ष ज्ञानप्रसाद आइतबारे, गाउँपालिकाका सुब्बा अरुण केसीको सहभागीता रहेको थियो ।









