समृद्ध समाज निर्माणमा युवा एकता अपरिहार्य – प्रतिनिधि सभा सदस्य मोहन प्रसाद पाण्डेय
स्याङ्जा । नेपाली कांग्रेसका युवा नेता प्रतिनिधिसभा सदस्य मोहन प्रसाद पाण्डेयले भष्टचारको विरुद्ध डटेर लड्ने उद्धोष गर्नु भएको छ । न्यु कृयटिभ क्लवको आयोजनामा भएको खेलकुद प्रतियोगीलाई सम्वोधन गर्दै उहाले समृद्ध समाज निर्माणमा युवा एकता अपरिहार्य रहेको वनाउनु भएको छ ।
कार्यक्रममा , नेपाली कांग्रेस क्षेत्रीय सभापति देव बहादुर खाड इश्वर , नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई , नेबिसंघ महामन्त्री युवराज पाण्डेय , युवा नेता सालिकराम डुम्रे, वालिङ १२ नेपाली कांग्रेस वडा सह सभापती पारिस्वर न्यौपाने , समाजसेवी हेमन्त गैह्रे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । रमेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन होम वहादुर थापा तथा स्वागत समिक्षा डालाले गर्नु भएको थियो । आज भएको नेपाल तारा भर्सेज आयोजक न्यु कृयटिभ क्लब बेस्ट अफ ३ खेलमा २,० ले नेपाल तारा युवा क्लब तल्लो गल्याङ ले जित हासिल गरेको छ। प्रतियोगीतामा ३१ टिमको सहभागिता रहेको बिरु गुरुङले जानकारी दिनुभयो










