तिलोत्तमा ७ गते चैत्र २०७७। रुपन्देहीमा सम्पन्न रिद्धिसिद्धि फुटसल प्रतियोगिता २०७७ को उपाधि चरङ्गे फुटसल क्लबले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा कुमारी एफसिमाथि रोचक खेलमा ५–२ गोल अन्तरको जित निकाल्दै उपाधि चुमेको हो । खेलमा चरङ्गे एफसिका तर्फ्बाट अभय रानाले ३ गोल गरेका थिए भने अमित लामा र उर्केन शेर्पाले १र१ गोल गरेका थिए । उपबिजेता कुमारिको तर्फ बाट जेनिस प्रजापति र सुसन श्रेष्ठले १र१ गोल गरेका थिए । उपाधिसंगै चरङ्गेले नगद १ लाख १ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता कुमारी एफसिले नगद ५१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । आजै भएको सेमिफाइनल खेलमा रिद्धिसिद्धिलाई हराउदै कुमारि एफसिले २ का बिरुद्ध ६ गोल गरेको थियो भने चरङ्गेले ईदुराइज चितवनलाई १ का बिरुद्ध ५ गोल अन्तरले जित हात पारेको थियो।
आज सम्पन्न प्रतियोगितामा चरङ्गे एफसिका अभय राना सर्वोकृष्ट खेलाडी, चरङ्गे कै निसान मगर उत्कृष्ट गोलकिपर, रिद्धिसिद्धिका रफि महर्जन ८ गोलसहित हाईस्कोर घोषित हुदै ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । सनराइज स्पोर्ट्स भलवारीको आयोजनामा चैत्र ६ गतेदेखि संचालन भएको प्रतियोगितामा रुपन्देहि काठमाडौ र चितवनका गरि १६ टिमहरुले भाग लिएको खेल संयोजक राजेन्द्र केसिले बताए । यसैबिच प्रतियोगिताको उपाधि विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई प्रतियोगिताका प्रमुख प्रायोजक रिद्धिसिद्धि हाउजिङ तथा रियल स्टेट्का सन्चालक दशरथ पौडेलले पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा बोल्दै समाजसेवि तथा ब्यबसायि पौडेलले युवाहरुलाई रचनात्मक र क्षमता विकासका काममा लाग्न सुझाव दिए । खेलमार्फत युवाहरु एकतावद्ध हुने र नया काममा अग्रसर हुनुपर्ने समेत पौडेलले बताए । यसैबिच शनिबार पत्रकार र आयोजकका बिच भएको मैत्री पुर्ण खेलमा आयोजक ७(३ गोल अन्तरले विजयी भएको छ ।










