राष्ट्रिय मानव अधिकार आयोगले जातीय विभेदका सबै घटनाका सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, पीडितलाई मानसिक पीडाबाट मुक्त गर्न सरकारसँग आग्रह गरेको छ। आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गरी विभेदका घटनाका दोषीलाई कारबाही, पीडितको आवश्यक सुरक्षाको प्रत्याभूति गर्न तथा समाजमा दैनिकजसो घट्ने गरेका जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनालाई निर्मूल गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्। समाजमा विभेदको अन्त्य गर्ने दिशामा पूर्णप्रतिबद्ध हुन आयोगले सबै राजनीतिक दल, गैरसरकारी सङ्घसंस्था तथा नागरिकलाई अनुरोध गरेको छ। जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस ९मार्च २१० को अवसरमा र आयोगले शुभकामना व्यक्त जारी गर्दै आग्रह गरेको हो।









