नेतृत्व आवश्यक परे कांग्रेस तयार छ :लेखक

प्रकाशित मिति:

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आवश्यक परेमा कांग्रेसले सरकारको नेतृत्व लिने बताएका छन्। एमाले र माओवादी केन्द्र अलग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका विषयमा चर्चा भइरहेको छ। कांग्रेस, माओवादी र जसपाबीच सत्ता साझेदारीबारे छलफल पनि भइरहेको छ। यस विषयमा जिज्ञासा राख्दा नेता लेखकले अहिले अवस्था परिपक्व नभएको बताए। कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकारसँग बोल्दै लेखकले भने, आवश्यक पर्‍यो भने पार्टीले सरकारको नेतृत्व गर्छ, तर सरकार बनाउनका लागि परिस्थिति सुनिश्चित र अवस्था परिपक्क भइसकेको छैन।’ आज कांग्रेस पदाधिकारी बैठक बसेको छ। बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता लेखकले कांग्रेसले परिपक्व हिसाबले निर्णय गर्ने बताए। लेखकले भने, ‘कांग्रेसले सरकारको नेतृत्व गर्ने कुरा परिपक्क हिसावले निर्णय गर्नुपर्छ। सरकारलाई नेतृत्व दिन भने तयार नै छौं।’ कांग्रेस पदाधिकारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफलल भएको जनाएको छ। त्यस्तै, १४औं महाधिवेशनका विषयमा पनि छलफल भएको छ।