चैत्र ११ गते
नवलपरासी। नेकपा(एमाले) को बिबाद छाताछुल्ल भैरहेको अवस्थामा नेकपा(एमाले) ओलि समुह सम्बद्ध अनेरास्ववियुले आफ्नो कमिटी बिस्तार गर्ने क्रममा छ। सोहि क्रम अन्तर्गत कमिटी बिस्तार गर्ने गएका अनेरास्ववियु(ओलिसमुह) का अध्यक्ष रमेश नेपालीले झुटको खेती गर्दै संगठन को असली परिचय लुकाई समाजिक र नेतृत्व बिकास गर्ने भन्दै माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई भ्रमित गरि अनेरास्ववियुको प्रारम्भिक कमिटी बिस्तार गरेको भन्ने कुरा राजा महात्मा पुर्णभद्र माबीको विद्यार्थी दिपा गौतमको प्रेस बिज्ञप्ति सहितको राजिनामाले प्रमाणित भएको छ। विद्यार्थी दिपा गौतम समाजिक कार्यमा सकृय रहने उर्जाशिल आफ्नो पुस्ताको प्रतिनिधि नेतृत्व हुन र उनिलाई अनेरास्ववियु को असलियत थाहा नभएको र अज्ञानता र भुलबस सो कार्यक्रममा सहभागि भएको पनि विद्यार्थी दिपा गौतमले जानकारी दिइन। विद्यार्थीको नेतृत्व गर्ने भनिएका संघसंगठनहरु यसरी झुट र भर्मको खती गर्दै हिड्नु शोभनिय नहुने र यस्ता गतिविधिबाट सचेत रहन आम उनको पुस्ताको विद्यार्थीलाई जानकारी गर्दाउदै यस्ता गतिबिधि सन्चालन नगर्न अनेरास्ववियुलाई अनुरोध गरिन। संघसंगठन बिस्तार गर्ने हो भने आफ्नो असली परिचय आफू सम्बद्ध दलको जानकारी गराई विद्यार्थीको राजनैतिक दल चुन्ने अधिकारलाई मर्यादित र सभ्य गराउनु पनि अनुरोध गरिन।









