मानवसेवा आश्रममा खाना खुवाएर मनाए तरुण नेता सलमानले आफ्नी छोरीको जन्मदिन

प्रकाशित मिति:

बुटवल – पहिलो वसन्त पार गरि दोस्रो बसन्तमा प्रबेश गरेको शुभ उपलक्ष्यमा आफ्नी छोरी मिन्सा हसन मियाको जन्मदिन बुटवलको मानव सेवा आश्रममा तरुण नेता तथा मुस्लिम युथ क्लबका संस्थापक अध्यक्ष उनका बुवा सलमान मिया र आमा नजिरा बानुले ७० जना वृद्धबृद्धालाई खाना खुवाएर जन्मदिन मनाउनु भएको हो ।

मिन्साका बुवा सलमान मियाले संसारको सबैभन्दा ठूलो धर्म भनेको मानवधर्म रहेको समेत बताउनुभएको थियो । उहाँले धर्म र संस्कृतिलाई थाती राखेर बृद्धअवस्थामा रहनुभएका बुवाआमालाई सेवा गर्न पाउँदा मन प्रफुलित भएको बताउनुभएको थियो ।

पछिल्लो समयमा फजुल खर्च गर्ने चलन बढ्दै गर्दा मानवसेवाको भाव प्रकट गर्ने सलमानको दम्पती समाजकै एक उदाहरण बन्नुभएको छ ।

कार्यक्रममा तरुण दलका क्षेत्रीय सभापति हसन्त लामा , तरुण दल नगर सदस्य अब्दुल रज्जाक , यस कसौधन लगायतको उपस्थिति रहेको थियो ।