सरकार र नागरिक समाजको सम्बन्धबलियो भएबालअधिकारको संरक्षण हुन्छ : प्रदेश प्रमुख यादव
रीमा बि.सी.- रुपन्देही चैत १४ गते । लुम्बिनीप्रदेशकाप्रदेश प्रमुखधर्मनाथयादवले सरकार र नागरिकको सम्बन्धबलियो भएमात्रबालअधिकारको संरक्षणहुने बताउनुभयो । बालबालिकाशान्ति क्षेत्र राष्ट्रियअभियान (सिजव) ले रुपन्देहीको मणिग्राममा चैत १४गते आयोजना गरेको बालअधिकार संरक्षणकालागिनीतिगतव्यवस्था,संरचनाप्रणाली र प्रचलनविषयकप्रदेशस्तरीय कार्यशालामायस्तो कुरा बताउनुभएको हो ।
प्रमुखयादवले संविधानले बालअधिकारको क्षेत्रमाविभिन्नअधिकारको व्यवस्था गरेकोले यसको प्रभावकारी कार्यान्वयनकालागि सरकार सक्रियभएर अगाडी र नागरिकको सबैभन्दानजिकको सरकार स्थानीय सरकार भएकोले बालअधिकारको सन्दर्भमा सबै सरोकारवालाहरुको पनिउत्तिकै भूमिका रहेको बताउनुभयो ।सिजवजस्तानागरिक संस्थाहरुले सरकार र नागरिकबीचको पुलको कामगर्ने भएकोले बालअधिकार र समग्र मानवअधिकारको प्रत्याभूत गराउनकालागियस्ताअभियानले महत्वपूर्ण भूमिकानिर्वाह गर्ने बताउनुभयो ।कार्यक्रममासिजवकाकार्यकारी निर्देशकमधु दवाडीले बालमैत्रीवातावरणको श्रृजनागर्दे बालअधिकारको संरक्षणतथाप्रवद्र्धन सम्बन्धीनीतिबनाई कार्यान्वयनगर्न सबै पालिकाहरुलाई आग्रहगर्नुभयो ।बालबालिकाका क्षेत्रमापालिकाहरुले के कसरी लगानीगर्नसक्छन् । अभिभावक र बालबालिकाहरुलाई जीवनउपयोगी सीप,अभिभावकशिक्षातथा सचेतनाकाकार्यक्रम संचालनगर्दे हरेक
पालिकामाबालसंरक्षणअधिकृतको व्यवस्था गरेर अगाडीबढनु पर्ने आजको आवश्यकताभएको बताउनुभयो ।
दवाडीले हरेक पालिकाकाविद्यालयस्तरमामनोसामाजिकविमर्शकर्ताको व्यवस्थागर्दे बालबालिकामाहुनसक्ने मनोसामाजिक समस्याको समाधानगर्नकालागि स्वास्थ्यकर्मी वा नर्सलाई तालिमदिएर अगाडीबढे त्यसले पनिबालबालिकाको समस्यालाई सम्बोधनगर्ने बताउनुभयो ।कार्यक्रममा सामाजिकविकास मन्त्रालयकाबालअधिकृत तथाबालन्यायशाखाअधिकृत कमलापौडेलले बालबालिका सम्बन्धी ऐन २०७६ स्वीकृत,लैगिंक सम्पर्क व्यक्तिको व्यवस्थार परिचालनकार्यविधि २०७७ स्वीकृत, उत्कृष्टमहिला सहकारी छनौट सम्बन्धीमापदण्ड २०७६ स्वीकृत,प्रदेश दिवाशिशु स्याहार केन्द्र स्थापना र संचालनकार्यविधि २०७७ स्वीकृत,महिलाबालबालिकातथा समाजकल्याणका क्षेत्रमाकामगर्ने संस्थालाई दिइने अनुदान सम्बन्धीकार्यविधि २०७५ स्वीकृत गरेर अगाडीबढेको बताउनुभयो ।उहाँले प्रदेश सरकारले बाल संरक्षणको सवालमा स्टान्डर्स निर्धारण गरेर स्थानीय सरकारलाई गाइडगर्ने र बालन्याय र विशेष संरक्षणप्रदानगर्ने गरी अगाडीबढेको बताउनुभयो ।कार्यक्रममाबुटवलउपमहानगरपालिकाकामहिलाबालबालिका संरक्षणअधिकृत प्रतिभापन्थीले बुतवलउपमहानगरपालिकाले बालमैत्रीवातावरणश्रृजनागर्नकालागि सक्रिय रुपमाअगाडीबढेको बताउनुभयो ।
कार्यक्रममातिलोत्तमानगरपालिकाकामहिलाबालबालिकाअधिकृत संझनाभण्डारीले पालिकाले सामुदायिकविद्यालयहरुमाविगतदेखि यातायातखर्च वितरणगर्दे आएको र यो वर्ष वस खरिदकालागिप्रत्येक सामादायिकविद्यालयमा १० लाखका दरले अनुदानवितरण गरेको त्यस्तै सामुदायिकविद्यालयमाकिशोरीलाई लक्षित गरी सेनेटरी प्याडनिशुल्कवितरण, खाजाको व्यवस्था र हाम्रो तिलोत्तमा स्थानीयपाठ्यक्रमकक्षा १ देखि ५ सम्म) निर्माणतथाकार्यान्वयन सामुदायिकविद्यालयलाई ,शुन्यपोलिथिनयुक्तनगरपालिकाघोषणा,नगर प्रमुखसँगबालबालिकाकार्यक्रम संचालनलगायत हरियालीप्रवद्र्धन, नगरप्रमुखसँगछात्रावृत्तिकार्यक्रमजस्ताविषयमाजोड दिएको बताउनुभयो ।
त्यसैगरी सेमरा वजार मावितिलोत्तमाकाशिक्षक हरि प्रसाद भट्टराईले विद्यालयले अध्ययापनको क्रममाबालमैत्रीवातावारणमाशिक्षणसिकाई गर्ने प्रतिवद्धता सहितको सूचनाटाँस गरेको र बालसंजालगठन गरी विद्यालयलाई कसर िबालमैत्रीबनाउन सकिन्छभन्ने विषयमालागि परेको बताउनुभयो । विद्यालयहरुसँग समन्वय गरी किशारीमैत्री योजनाबनाउनलाई सहयोग गर्ने । कोभिड १९ ले पारेकाप्रभावकाविषयमाछलफल, बालबालिकामापारेको मानसिक समस्या,यौन हिंसाका सवालहरुको उठानगर्नकालागिजसको सवालउसको नेतृत्वमा कार्यक्रममाकालिका स्वाभावलम्बनकपिलवस्तुकाकार्यकंम संयोजकअर्जुन थापाले संघियताआएपछिमहिला,बालबालिकातथा जेष्ठनागरिक कार्यालय स्थानीयपालिकामा समायोजन हुँदा र यो सवाललाई प्राथमिकताओझेलमा परेकाकारणत्यसलाई अलिक सक्रियबनाउनुपर्ने बताउनुभयो । सुध्द्धोधनगाउँपालिकाले बालविवाहअन्त्यको लागि रणनिितक योजनाबनाएको,दक्षिणतिरको बालबालिकाकोउमेर बढाएर जन्मदर्ता गर्दा समस्याभएको,बालबिवाह गरेकाबालबालिकालेपटकपटकगर्भपतन गराएको अवस्थात्यसलाई कसरी सम्बोधनगर्न सकिन्छत्यसमा सोच्नुपर्ने बताउनुभयो । कार्यक्रममाराष्ट्रियमानवअधिकार आयोग लुम्बिनीप्रदेश कार्यालयकाबालअधिकार अधिकृत बसन्तअर्यालले आयोगले बालबालिकाको अधिकार संरक्षण र प्रवद्र्धन गर्ने बालअधिकारमैत्रीवातावरणको लागि सरकारलाई सचेत गराउने सिफारिस गर्ने नागरिक समाजसँग समन्वय र सहकार्य गर्दे आइरहेको बताउनुभयो । कार्यक्रममासिजवकाअध्यक्ष नरेन्द्र डंगोलले बालमैत्री योजना,ऐन नीतितथाकानूननिर्माणगर्नको लागिवर्तमान सरकार सकारात्मकभएको बताउनुभयो । उहाँवर्तमानप्रधानमन्त्री केपीशर्मा वलीले प्रत्यक्षबालबालिकाहरुलाई वोलाएर कार्यक्रमगर्नु मुलुककाकर्णधार बालबालिका र हामीअभियान्ताको निम्तिीपनिखुशीको कुरा रहेको बताउनुभयो । डंगोलले सरकारले बालबालिकाको क्षेत्रमा १० बर्षे रणनैतिक योजनाबनाउने तयारीमा रहेको जानकार िगराउदै रणनीतिक योजनामा छुटेका सवालहरुलाई सुझावको रुपमा राख्नकालागि सरोकारवालाहरुसँगको छलफलमहत्वपूर्ण रहने बताउनुभयो ।
कार्यक्रममा नेपालको पहिलो बालमैत्रीनगरपालिका सुनवलकाबालफोकल पर्सन चुरामणी नेपालले बालबालिकाको संरक्षण,संवद्र्धन,सहभागिता र सुरक्षाकाविषयमाआफुहरुले बाबालिकाकाअभिभावक,शिक्षक समुदायकाअगुवाहश्र सबैसँगको सहकार्यमाबालमैत्रीपालिकाबनाउन सम्भबभएको बताउनुभयो ।पालिकाले अवलम्बन गरेकासिकाईहरुको भिजिटकालागि राष्ट्रियतथाअन्तराष्ट्रिय स्तरबाट समेत डेढ सयभन्दाबढी समुहहरुले अवलोकन गरेको बताउनुभयो ।
कार्यक्रममाबाँके खजुरा किशोरी संजालकी सचिवमञ्जु थापा मगरले सडकमानवमुक्तजिल्लाघोषणाभएपनिबालिकामाथिहुने यौनजन्य र बलात्कारजन्यघटनाहरुको अवस्था डरलाग्दो भएको, आफ्नै बाबुबाटबालिकाबलात्कृत हुनु परेको, बालबिवाहकाघटनाहरु दिनप्रतिदिनघटिइरहँदापनिबालबालिकाहरुमाविभिन्नखालकामनोबैज्ञानिक असर परेकोले सो विषयमातीनै तहका सरकारले ध्यानदिनुपर्ने बताउनुभयो ।कार्यक्रममाकिशोरी संजालबर्दिेयाकाअध्यक्षदिक्षागिरीले किशोरीहरु असुरक्षाकाकारणविद्यिालयछोडनबाध्यभएकोले विद्यालयछोडेकाबालिका र किशोरीहरुलाई पुनःविद्यालयभर्ना गराउनकालागितीनै तहका सरकारले ध्यानदिनुपर्ने र बालबालिकाहरुलाई मात्रहोइन, अभिभावकहरुलाई पनिकानूनीशिक्षा र सचेतनाकातालिमहरु दिनुपर्ने बताउनुभयो ।कानूनी रुपमाबालविवाहअपराधभएको भएपनिबर्दिया जिल्लामाबालविवाहको अवस्था डरलाग्दो भएकोले त्यस विषयमा सरोकारावालाहरुलाई सो विषयमा संवेदनशिलभएर अगाडीबढनकालागिआग्रहगर्दे पाठ्यक्रममा नै बालविवाहअपराधहो र बालविवाहगर्ने उपर हदैसम्मको कारवाहीहुन्छभन्ने भयो भने बालविवाहलाई न्युनीकरणगर्न सकिने बताउनुुभयो ।कार्यक्रममाप्लानइन्टरनेशनलकादुर्गा क्षेत्री, गैरसरकारी संस्थामहासंघ रुपन्देहीकाअध्यक्ष रीमा बि.सीएवीसी नेपालका सुन्दर हरिजन, सिजवका रुद्ध मश्राङ्गदीलगायतले बालअधिकारको संरक्षण र प्रवद्र्धन गर्नकालागिप्रत्येक पालिकाले बालमैत्रीनीति,योजना र कार्यविधिबनाई हरेक तहमाबालबालिकाको अर्थपूर्ण सहभागिामाजोड दिई बालअधिकारमैत्रीवातावरणको श्रृजनागर्न सकेमात्रबालबालिकाहरुको न्यायमापहँुचपुग्छ र बालबालिकाहरु हिंसाबाटजोगिन सक्ने बताउनुभयो । तस्वीरः रीमा बि.सी.









