काठमाडौं, वैशाख २ – भक्तपुरका बुद्धकृष्णवाग श्रेष्ठले यस वर्ष पनि जिब्रो छेडेका छन् । मध्यपुरथिमीको बोडेमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’ मा ४८ वर्षीय बुद्धकृष्णवागले आठौँ पटक जिब्रो छेडेका हुन्।
जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ।












