नेपाल फुल कन्ट्याक्ट कराँते महासंघका वरिष्ठ उपाध्यक्ष रामजी प्रसाद बज्राचार्यको कोभिड १९ का कारण मंगलबार निधन भएको छ। उनी १६ वैशाखमा कोरोना संक्रमित भई गणेशमान सिंह मेमोरियल अस्पतालमा उपचाररत थिए। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि १९ वैशाखमा सशस्त्र प्रहरी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। २६ वैशाख ०१२ मा ललितपुर सातदोबाटोमा जन्मेका उनका एक र छोरा र दुई छोरी छन्।