आजको दिन

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको ६ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक शुक्ल पक्षको चतुर्दशी तिथि दिवा १२.३६ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । भरणी नक्षत्र बेलुका ६.३७ बजेसम्म रहनेछ । आज वरियन योग भद्रा करण रहेको छ । आज सूर्योदय ६.३१ मा छ भने सूर्यास्त बेलुका ५७ बजे हुनेछ ।

आज चन्द्रमा मेष राशिमा छन् । आज शिववैकुण्ठ चतुर्दशी हो । पूर्णमाको व्रत लिने दिन पनि आजै परेको छ । आज पूर्णिमाको व्रत वस्नाले शिवजी पनि प्रशन्न भई अभीष्ट वर प्रदान गर्नुहुनेछ ।