नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात

प्रकाशित मिति:

काठमाडौं ७ मंसिर – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेलाई शुक्रबार बिहान हृदयघात भएको छ । घरमै रहेका बेला उनलाई ९ बजेतिर हृदयघात भएको हो ।

उनको अहिले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।