अमेरिका, मंसिर ८
अमेरिकाको सानफ्रानसिस्को क्षेत्र वरपर रहेका गोर्खालीहरुको बुधवार साँझ भएको भेलाले नेपाली काँग्रेस गोरखा अमेरिका सम्पर्क समिति गठन गरेको छ । भेलाले विश्व भट्टलाई समितिको संयोजक तोकेको छ ।
भट्टले संस्थालाई विधिवत ढङ्गले अगाडि बढाउन दर्ता प्रक्रिया र कार्यसमिति चयन छिटै गर्ने बताए । भट्टका अनुसार अमेरिकामा छरिएर रहेका करिब ३ सय गोर्खाली सम्पर्कमा आइसकेको बताउँदै संस्थाले गोरखा जिल्लामा शैक्षिक र सामाजिक काममा सहयोग गर्ने पहिलो लक्ष्य राखेको बताए ।
कार्यक्रममा दुर्गा दाहाल, चन्द्र धिताल,पूर्ण शेर्पा,उत्तम कार्की, सुरेशराज भट्ट, मणि नेपाली पनेरु, पूर्ण बानियाँ, हरि भट्ट,लक्ष्मी कार्की, लक्ष्मी खरेल लगायतको उपस्थिति रहेको थियो ।












