मङ्सिर ८ बुटवल । स्पेनिस ला लिगा फुटबलमा शनिबार राति प्रतिस्पर्धात्मक खेल हुन लागेको छ। बार्सिलोना र एथ्लेटिको मड्रिड प्रतिस्पर्धामा उत्रन लागेका हुन्।
खेल आज राति नेपाली समयअनुसार साढे १ बजे एथ्लेटिकोको घरेलु मैदान वान्डा मेट्रो पोलिटानोमा हुनेछ।
१२ खेल खेलिसकेको बार्सा लिगमा २४ अंक सहित शीर्ष स्थानमा छ। बार्साभन्दा मात्र १ अंकले पछि रहेको एथ्लेटिको लिगको तेस्रो स्थानमा छ।
आजको खेल दुवैका लागि महत्वपूर्ण रहनेछ। खेल जितेमा बार्साले तालिकामा आफ्नो शीर्षता जोगाउने छ, पराजित भए एथ्लेटिको लिगमा शीर्ष स्थानमा उक्लनेछ।
खेलको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमयोनीले बार्सिलोना विश्वकै उत्कृष्ट क्लब भएको बताएका छन्।
यूरोपियन क्लबहरुमा उतार चढाबकाबीच पनि बार्सिलोना आफूलाई अझै उत्कृष्ट लाग्ने क्लब भएको उनले बताएका हुन्। दुवैमा स्टार खेलाडीहरु भएका कारण खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।










