कोरोना विशेष अस्पतालमा थप तीन संक्रमितको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप तीन संक्रमितको मृत्यु भएके छ । मृत्यु हुनेमा २ पुरुष र एक महिला रहेका छन् ।  वैशाख १७ गते अस्पतालमा भर्ना भएका कपिलवस्तुको बनगाई ८ का ४३ वर्षीय पुरुषको गएराती साढे ८ बजे, १८ गते भर्ना भएकी दाङको तुलसीपुर ५ की ३७ वर्षीया महिलाको राती १० बजे र २३ गते भर्ना भएका रुपन्देहीको तिलोत्तमा २ का ५६ वर्षीय पुरुषको ९ बजेर ५० मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।