पूर्व-उपप्रधानमन्त्री कोईराला द्धारा सरकारलाई गम्भीर हुन आग्रह

प्रकाशित मिति:

पूर्व-उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नेपाली कांग्रेस की प्रभावशाली नेतृ माननिय सुजाता कोईराला आफ्नो सोशल मिडिया मार्फत सरकार लाई वर्तमान परिस्थिती को लागि गम्भीर हुन आग्रह गर्नु भएको छ।

देश आज चरम स्वास्थ्य संकटबाट गुज्रिरहेको छ। कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। बिरामीहरुले अक्सिजन, औषधि, बेड लगायत सामान्य स्वास्थ्य सुबिधा पनि अस्पताल बाट पाउन सक्ने अवस्था छैन। मृत्युलाइ आफ्नै अगाडी देख्दा पनि बिरामीले निरिह भएरउपचार अभाबमा टुलुटुलु हेरिरहनु पर्ने विवशता छ।

सरकारसंग पूर्व तयारीको निम्ति प्रयाप्त समय थियो तर त्यसमा गम्भीरता पुर्बक ध्यान नदिएर अन्य बिषयहरुमाअल्झिदा अहिलेको बिकराल समस्या आएको हो।तसर्थ, सरकारको सम्पूर्ण ध्यान यो महामारी संग लड्न केन्द्रित होस र अक्सिजन लगायत आबस्यक स्वास्थ्यसामग्रीको नियमित उपलब्ध गराई उपचारको बाताबरण सिर्जना गर्न नेपाल सरकार समक्ष नेता कोईरालाले अनुरोध गर्नु भएको छ।