सुर्खेत । दैलेखमा एकजनाले बन्चरो प्रहार गरी बुवाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ का २१ वर्षीय विकास बुढाले ४७ वर्षीय बुवा नकूलको हत्या गरेका हुन् ।
विकासले टाउकोमा पछाडी र ढाडमा बन्चरो प्रहार गरेर बुलालाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
बन्चरोको चोटमा घाइते भएका नकूलको उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो । स्थानीय मेडिकलमै उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।








