अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा कठिनाई

प्रकाशित मिति:

काठमाडौं । वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न कठिनाइ भएको छ । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे तापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको हो ।

अस्पतालका  निर्देशक डा शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयारी गरिए तापनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताइन् ।  नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग र सात हजार २०० मात्र उत्पादन हुने गरेको छ ।

उनले अक्सिजनको आपूर्ति गर्नका लागि प्रयास भइरहेको र  प्राप्त हुनासाथ भवनमा बिरामीलाई राखिने जानकारी दिइन्।