रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४८६ जनामा कोरोना संक्रमण, ७८५ डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा थप ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३२५ जनाको कोरोना परीक्षण गर्दा ४८६ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा जिल्लामा बुटवल उपमहानगरपालिकामा २०८ जना, तिलोत्तमा नगरपालिकामा १०४, सिद्धार्थनगर नगरपालिकामा ४८, देवदह नगरपालिकामा ३८, सैनामैना नगरपालिकामा ३४ र ओमसतिया गाउँपालिकामा १४, कञ्चनमा गाउँपालिकामा ८, सियारी गाउँपालिका र सुद्धोधन गाउँपालिकामा ७।७, मायादेबी गाउँपालिकामा ५, लुम्बिनी साँस्कृतिक नगरपालिकामा ४, मर्चवारी गाउँपालिका र रोहिणी गाउँपालिकामा ३।३ जना र गैडहवा गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् ।

हाल रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ७ हजार १ सय १ जना पुगेको छ । यस्तै  पछिल्लो २४ घण्टामा ७८५ जना कोरोना मुक्त भएका छन् ।

यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यससंगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।