जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव विवाद चर्किएपछि उत्रिए एक्सनमा

प्रकाशित मिति:

काठमाडौं- जनता समाजवादी पार्टी ९जसपा० मा दुई अध्यक्ष छन् उपेन्द्र यादव र महन्थ ठाकुर । संघीय परिषद् अध्यक्षमा डा। बाबुराम भट्टराई रहेका छन् । केपी शर्मा ओलीलाई विश्वासको मत दिने समयदेखि जसपा दुई पक्षमा विभाजित भएको छ ।बिहीबार महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको संसदीय दलको बैठकले गरेको निर्णयमा पनि यादव भट्टराईपक्षले आपत्ति जनाएको छ । बिहीबार बसेको ठाकुर पक्षको संसदीय दलको बैठकले नेता राजेन्द्र महतोलाई दलको नेता चयन गरेको थियो ।

शनिवार बसेको यादव भट्टराईपक्षको कार्यकारिणी समिति बैठकले पनि पार्टीमा देखिएको विवाद समाधानका लागि अर्का अध्यक्ष ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गरेको छ । उक्त बैठकले संसदीय दलको विधान विपरित नेता महतोलाई ठाकुर पक्षले संसदीय दलको नेता चयन गरेकोले सो स्वीकार्य नहुने निर्णय गरेको छ ।यस्तै शनिवार नै पार्टीका केन्द्रीय कार्यकारिणी समितिका प्रकाश अधिकारीले एक विज्ञप्ति जारी गर्दै पार्टीको संसदीय दलको नेता चयन भएको भन्ने समाचारमा सत्यता नभएको बताएका छन् । उनले बैशाख ३१ गते सम्पन्न बैठकले पार्टीको संसदीय दलको नेता चयन भयो भनि विभिन्न सञ्चार माध्यममा समाचारहरु आएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

 

उनले पार्टी संसदीदय दल हालसम्म समायोजन नभएको साथै दलको विधानसमेत नबनेको तथा जसपा पार्टीको अन्तरिम विधान २०७७ भारा २८ को उपचारा ३ बमोजिक केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदन हुनुपर्नेमा हालसम्म संसदीय दलको विधान नबनेको बताएका छन् । यस्तै संसदीय दलको कुनै बैठक पनि नभएको बताएका छन् ।यस्तै आज नै उपेन्द्रपक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक बारे आफुलाई थाहा नभएको ठाकुरले एक विज्ञप्तिमार्फत पनि बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत आफुहरुलाई नभएको बताएका थिए ।