गीतकार चेतन कार्कीको निधन , प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओालीले वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनमा दुःख व्यक्त गरेका छन् ।

आइतबार साँझ ट्वीट गर्दै प्रधानमन्त्री ओलीले गीतकार कार्कीप्रति श्रद्धासुमन अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन् ।