रुपन्देहीमा संक्रमित घट्दै : पछिल्लो २४ घण्टामा ३७७ जना थपिए, १ हजार १११ जना डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा थप ३७७ जनामा संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३३६ जनाको गरिएको कोरोना परीक्षणमा ३७७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १६४, तिलोत्तमा नगरपालिकामा ७६, सिद्धार्थनगर नगरपालिकामा २८,देवदह नगरपालिकामा ३१, सियारी गाउँपालिकामा ११, सैनामैना नगरपालिकामा ३३, ओमसतिया गाउँपालिकामा १०, शुद्धोधन गाउँपालिकामा ९, मायादेवि गाउँपालिकामा ४, कन्चन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३/३ जना, गैडहवा गाउँपालिकामा २, सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकामा र रोहिणी गाउँपालिकामा १/१ जना संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार यो सँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या २३ हजार २५४ पुगेको छ । हाल जिल्लामा ६ हजार ६२८ जना संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार १११ जनाले कोरोना जितेर घर फर्किएका छन् । हालसम्म १६ हजार २६५ जना निको भइसकेका छन् ।

कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । यो सँगै रुपन्देहीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६२ पुगेको छ ।