पश्चिम नवलपरासीमा आज ३५ जनामा कोरोना संक्रमण पुष्टी

प्रकाशित मिति:

उर्मिला यादव यात्री,३ जेठ -पश्चिम नवलपरासीमा आज सोमबार ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट २० र एन्टिजेनबाट १५जना गरी ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, एक सय २५ पुगेको छ ।

आज सबै भन्दा बढी सुनवल नगरपालिकामा ४ जना महिला र ४ जना पुरुष गरी आठ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा ७ जना, रामग्राम नगरपालिकामा ७ जना, सरावल गाउपालिकामा ६ जना, प्रतापपुर गाउपालिकामा १ जना, सुस्ता गाउपालिकामा ५ जना र पाल्हिनन्दन गाउपालिकामा एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तैगरी आज कोरोनाबाट २४ जना निको भएका छन भने जिल्लामा कुल १हजार ७ सय ८ जना कोरोना संक्रमित निको भएका छन । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय २१ रहेको छ ।

आज कोरोना संक्रमणबाट पाल्हिनन्दन गाउपालिका वडा नम्बर तीनका ६० बर्षिय पुरुषको पृथ्वी चन्द्र जिल्ला अस्पताल परासीमा मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।