बुटवलमा ४ जनाको मृत्यु

प्रकाशित मिति:

बुटवलको कोरोना विशेष अस्पतालमा थप ४ जनाको मृत्यु भएको छ । गत वैशाख ३५ गते अस्पतालमा भर्ना भएका रुपन्देहीको तिलोत्तमा ५ का ६१ वर्षीय पुरुषको बुधवार बिहान ३ बजेर १५ मिनेटमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । उनका अनुसार वैशाख २८ गते भर्ना भएका बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलवार सांझ ७ बजर १० मिनेटमा , २८ गते भर्ना भएकी बुटवल ७ की ६० वर्षीया महिलाको साढे ७ बजे र मंगलबार नै भर्ना भएकी पाल्पाको तिनाउ गाउंपालीका ६ की ६० वर्षीया महिलाको दिउंसो ४ बजेर २० मिनेटमा मृत्यु भएको थियो ।