पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा गोलि चल्दा एक जना घाइते 

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
जेष्ठ ५ गते
नवलपरासी । पश्चिम नवलपरासिको भारतीय सीमा नाकामा गोली चाल्दा १ जना घाइते भएका छन ।
नेपाल भारत को सीमा क्षेत्र पर्ने  सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित वनकट्टीबाट भारततर्फ जान खोजेका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए ।  सशस्त्रले भारत जान रोकेरपछि उनीहरुले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेर  ५०/६० जनाको समूहमा आएका स्थानीयहरुले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए।
 भीडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्याँस प्रहार गरिएको  तर भिडले उग्र रुप लिएपछि बाध्य भएर एक राउन्ड गोली चलाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताउनु भयो ।
गोली लागेर घाइते हुनेमा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर छन् । उनको सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरक्षक (सई) शंकर बुढाथोकीसमेत घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।