बुटवल । पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९४६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै सोही अवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।









