बुटवल । रुपन्देहीमा थप २९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा १ हजार १८५ जनाको कोरोना परीक्षण गर्दा २९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा ९० जना, तिलोत्तमा नगरपालिकामा ६९ जना, सिद्धार्थनगर नगरपालिकामा २४ जना, देवदह नगरपालिकामा २३ जना, सैनामैना नगरपालिकामा ५६ जना, ओमसतिया गाउँपालिकामा ६ जना, सियारी गाउँपालिकामा ५ जना, कञ्चन गाउँपालिकामा ७ जना, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, गैडहवा गाउँपालिका, रोहिणी गाउँपालिका, कोटहीमाई गाउँपालिकामा २÷२ जना र मर्चवारी गाउँपालिकामा १ जना संक्रमित रहेका छन् ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ३१२ पुगेको छ । हाल जिल्लामा ५ हजार ६९१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४८६ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार २३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ३८१ पुगेको छ ।









