देउवालाई प्रधानमन्त्री नबनाउन जालझेल गरे प्रतिवाद हुन्छ – डा : भट्टराई

प्रकाशित मिति:

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा : बाबुराम भट्टराई कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि गरिएको प्रस्ताव टार्ने कुनै ठाउँ नभएको टिप्पणाी गर्नुभएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन दाबीका लागि शीतलनिवास पुगेका भट्टराईले पुनःजालझेल गर्ने प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी र प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ ।  धारा७६(२ं) वमोजिम १ सय ४९ सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु-जालझेल गरी टार्ने ठाउँ छैन । खुराफात शीरोमणिहरूले पुनःजालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारीरप्रतिवाद गर्नुपर्छ,’ उहाँले लेख्नुभएको छ । १ सय ४९ सांसदको हस्तारसहित विपक्षी दल र नेकपा एमालेका नेता माधवकुमार नेपाल शीतलनिवासमा छन् ।