बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २२३५३ र एन्टिजेन विधिबाट ८७३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
यस्तै, आज थप ७ हजार ८९० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको छ ।
आज संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ६ हजार २४ पुगेको छ ।









