रुपन्देहीमा पछिल्लो २४ घण्टामा थपिए ३७० संक्रमित, ४९७ जना डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा थप ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ९४९ जनाको कोरोना परीक्षण गर्दा ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा ११२ जना, तिलोत्तमा नगरपालिकामा ७९ जना, सिद्धार्थनगर नगरपालिकामा ३९ जना, देवदह नगरपालिकामा १९ जना, सैनामैना नगरपालिकामा ६२ जना, कञ्चन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १२र१२ जना, सियारी गाउ्रँपालिकामा ११ जना, रोहिणी गाउँपालिकामा ६ जना, सम्मरीमाई गाउँपालिकामा ५ जना, शुद्धोधन गाउँपालिकामा ४ जना, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका र कोटहीमाई गाउँपालिकामा १/१ जना थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ६८१ पुगेको छ । हाल जिल्लामा ५ हजार ५६० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४९७ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ७३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ३८६ पुगेको छ ।