१४९ सांसद नै अदालत जाउँ : गगन

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा विघटनविरूद्ध सांसदहरु अदालत जानुपर्ने बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा सांसदहरु अदालत जानुपर्ने थापाको भनाइ छ । प्रधानमन्त्री र राष्ट्रपतिको कदमले अदालतले फागुन ११ मा गरेको फेसलाको अपमान गरकेो भन्दै थापाले त्यसका लागि पनि अदालत जानुपर्ने बताएका हुन् ।

‘१४९ सांसदको ७६९५० बमोजिमको दावीलाई संसदमा परीक्षण नै नगरी राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्वोच्चकै फैसलाको अपमान हुन्छ,’ थापाले ट्वीट गरेका छन्ऽ ‘अतस्राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ।’

शुक्रबार प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि प्रतिनिधिसभामा आफ्नो बहुमत पुग्ने दाबी पेश गरेपनि राष्ट्रपति भण्डारीले कसैको पक्षमा पनि बहुमत नदेखिएको भन्दै दुबै दाबी खारेज गर्ने निर्णय गरेकी थिइन् ।शुक्रबार मध्यरात मै सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको मिति तोकिएको थियो। यसबारे छलफल गर्न विपक्षी दलहरुको बैठक शनिबार बस्दैछ ।