रुपन्देहीमा पछिल्लो २४ घण्टामा थपिए २४९ संक्रमित, ८८८ जना डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा थप २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ५४० जनाको कोरोना परीक्षण गर्दा २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा ५५ जना, तिलोत्तमा नगरपालिकामा ६६ जना, सिद्धार्थनगर नगरपालिकामा २४ जना, सैनामैना नगरपालिकामा ३१ जना, सैनामैना नगरपालिकामा ३४ जना, देवदह नगरपालिकामा १९ जना, सिद्धार्थनगर नगरपालिकामा १४ जना, कञ्चन गाउँपालिकामा १३ जना, शुद्धोधन गाउँपालिकामा १२ जना, ओमसतिया गाउँपालिकामा १० जना, सियारीमा ३ जना, मायादेवीमा ७ जना, रोहिणीमा ४ जना, लुम्बिनी सांस्कृतिकमा २ जना, मर्चवारी र कोटहीमाईमा १/१ जना संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार १४५ पुगेको छ । हाल जिल्लामा ४ हजार ५३८ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २० हजार १५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ३९५ पुगेको छ ।