आज बुधवार, हेर्नुहोस् आजको दिन

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको १२ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मंसिर कृष्णपक्षको षष्ठी तिथि राति १२.१८ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । तिष्य नक्षत्र दिवा १२.९ बजेसम्म रहनेछ । आज ब्रह्म योग गर करण रहेको छ । आज सूर्योदय ६.३६ मा छ भने सूर्यास्त बेलुका ५.६ बजे हुनेछ ।

आज चन्द्रमा कर्कट राशिमा छन् । आज बुधबार षष्ठी तिथि परेको छ । विष्णु भगवान्को उपासनासँगै हरिया वस्तुको प्रयोग शुभ रहनेछ ।