काठमाडौं-पूर्वप्रधानमन्त्री तथा समाजबादी दलका नेता डा। बाबुराम भट्टराईले आफू स्वास्थ्यस्थितिका कारण सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेको बताउँदै ट्वीटटर मार्फत क्षमा मागेका छन् ।
उनले लोकतन्त्र बचाउने यो एक वारपारको लडाई भएकोले खुट्टा नकपाउँन सबैमा आग्रहसमेत गरेका छन् । प्रधानमन्त्री केपी ओलीको अंहकार बहुलठ्ठी स्वभावलाई घुँडा टेकाएर छाड्नुपर्ने उनको संकेत थियो ।
डा. भट्टराईले ओली– विद्या प्रतिक्रान्ति विरूद्धको कानूनी तथा राजनीतिक लडाइॅमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल,नागरिक आन्दोलनकारी र आम जनसमुदायमा हार्दिक अपीलसमेत गरेका छन् ।
स्वास्थ्यस्थितिका कारण सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमाप्रार्थी हुॅदै ओली-विद्या प्रतिक्रान्ति विरूद्धको कानूनी तथा राजनीतिक लडाइॅमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल,नागरिक आन्दोलनकारी र आम जनसमुदायमा हार्दिक अपील गर्दछु।यो वारपारको लडाइॅ हो;खुट्टा नकपाऊॅ!
— Baburam Bhattarai (@brb1954) May 24, 2021








