बुटवल । रुपन्देहीमा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ७६५ जनाको कोरोना परीक्षण गर्दा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा ६० जना, तिलोत्तमा नगरपालिकामा ६४ जना, सैनामैना नगरपालिकामा २६ जना, देवदह नगरपालिकामा १७ जना, सिद्धार्थनगर नगरपालिकामा १५ जना, ओमसतिया गाउँपालिकामा ११ जना, कञ्चन गाउँपालिकामा १९ जना, रोहिणीमा ३ जना, मायादेवीमा ५जना, शुद्धोधनामा ७ जना र लुम्बिनी सांस्कृतिकमा २ जना, गैडहवा र मर्चवारीमा १ १ जना संक्रमित थपिएका छन् ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ५३६ पुगेको छ । हाल जिल्लामा ३ हजार ९८७ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।
यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५०४ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २१ हजार १४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ३९७ पुगेको छ ।









