कमेडियन आदर्श मिश्राको बुबा विनोदको निधन

प्रकाशित मिति:

काठमाडौं- कमेडियन आदर्श मिश्राको बुबा विनोद मिश्राको निधन भएको छ । मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

सोमबार राती मात्र उनलाई उपचारका लागि नारायणी अस्पतालबाट भरतपुर अस्पतालमा सारिएको थियो । नारायणी अस्पतालले डायलासिस थोरै गराएको भन्दै आदर्शले बुबाको अस्पताल परिवर्तन गरेका थिए । ४ वर्षदेखि मिर्गौलाका बिरामी विनोदको डायलासिस हुँदै आएको थियो ।

आदर्श कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका हुन् ।