डा :हेमराज कोईराला – आज विश्व कोरोना महामारीसंग लडिरहेको छ र यो महामारीको सबैभन्दा ठुलो कारण मान्छेको भ्रस्ट आचारण र प्रकृति माथि मान्छेले गरेको चरम दोहोन र शोषण हो। गोली सुइ र शल्यक्रिय को बलमा पैसाको थुप्रोबाट स्वास्थ्य खरिद गर्ने दुःस्वप्नले यो स्थिति ल्यायको हो र यसबाट माथि उठ्नका लागि प्रकृतिको आपर शक्तिलाई पहिचान गर्नुपर्ने आवश्यकता छ। यसर्थ प्रकृतिका यी वरिष्ठ डाक्टर हरूलाई चिनौ। जीव, जीवन र जगत रक्षाका लागि प्रकृतिमा फर्कौ।
डाक्टर नं. १. सूर्यको प्रकाश।
डाक्टर नं. २. प्राकृतिक वातावरण।
डाक्टर नं. ३. प्राकृतिक भोजन।
डाक्टर नं.४. दैनिक एक घण्टाको व्यायाम।
डाक्टर नं.५. प्रयाप्त पानी को सेवन।
डाक्टर नं.६. दैनिक ७ –८ घण्टाको गहिरो निन्द्रा।
डाक्टर नं.७. आत्मा विश्वास।












